PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

प्रिमियर लिग : एभटनको छैटौँ हार



पहिलोपोस्ट

प्रिमियर लिग : एभटनको छैटौँ हार

यस सिजन ट्रान्सफर विन्डोमा निकै खर्च गरेको एभरटनले प्रिमियर लिगमा भने निकै खराब शुरुवात गरेको छ। लिगमा १० खेल सकिदाँ एभरटनले छैटौँ हार बेहोरेको छ। आइतबार भएको खेलमा एभरटन लेस्टर सिटीसँग २-० ले पराजित भयो।

नयाँ प्रशिक्षक क्लाउडियो पउलले लेस्टर सम्हालेको पहिलो खेलमै ३ अंक हासिल गर्दा एभरटनको हकमा भने पूरानै समस्या दोहोरियो। प्रशिक्षक रोनाल्ड कोमनलाई गत सोमबार बर्खास्त गरेपछि केयरटेकर डेविड अनवर्थले एभरटनको टिम हेरेका थिए।

यस सिजन प्रिमियर लिगमा एभरटन भन्दा बर्नमाउथ (७) र क्रिस्टल प्यालेस (८)ले मात्र बढी हार बेहोरेका छन्।

१० खेलमा २ जित र २ बराबरी नतिजा निकालेको एभरटनको ८ अंक मात्र र अंक तालिकामा पूछारबाट तेस्रो स्थानमा छ।

यता लेस्टरलाई सिजनको तेस्रो जित दिलाउन जेमी भार्डी र डेमेराइ ग्रे ले पहिलो हाफमा एक-एक गोल गरे। १० खेलबाट १२ अंक जोडेको लेस्टर ११औँ स्थानमा उक्लेको छ।

अर्को खेलमा ब्राइटन र साउथह्याम्पटनले १-१ को बराबरी खेल्दै अंक बाडेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell