PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

दलहरुद्वारा समानुपातिकतर्फका उम्मेदवारको संशोधनसहित बन्दसूची आयोगमा पेश



पहिलोपोस्ट

दलहरुद्वारा समानुपातिकतर्फका उम्मेदवारको संशोधनसहित बन्दसूची आयोगमा पेश

काठमाडौँ : राजनीतिक दलहरुले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गरेका छन्। 

गत असोज २९ गते निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची बुझाएका अधिकांश राजनीतिक दलहरुले बन्दसूची संशोधन गरी आयोगमा बुझाएको निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले जानकारी दिए। 

निर्वाचन आयोगले निर्वाचन कानूनबमोजिम बन्दसूची संशोधन गर्न यही कात्तिक ६ गतेदेखि आइतबारसम्मको समयसीमा प्रदान गरेको थियो। 

समानुपातिक निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४९ दलले उम्मेदवारको बन्दसूची बुझाएका थिए। निर्वाचन आयोगले कात्तिक १७ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। बन्दसूची सच्याउने क्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरु आइतबार अपराह्न निर्वाचन आयोग पुगेका थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell