PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

फेसबुकको नक्कली अकाउण्टले प्रहरीको फन्दामा



राजेन्द्र आचार्य

 फेसबुकको नक्कली अकाउण्टले प्रहरीको फन्दामा

चितवनः फेसबुकको नक्कली अकाउण्ट बनाई महिलालाई बदनाम गर्ने एक व्यक्ति प्रहरी फन्दामा परेका छन्। अकाउण्ट नक्कली खोली महिलालाई अश्लील सन्देश पठाएको उजुरीमा प्रहरीले मकवानपुर बकैया ४ का नवीन तिमल्सिनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यका अनुसार सुरज शर्मा नाम राखी फेसबुक नक्कली अकाउण्ट खोली महिलाहरुलाई बदनाम गर्न फोटो तथा मोबाइल नम्बर राखी अश्लील सन्देश पोष्ट गरेको उजुरीमा तिमल्सिनालाई पक्राउ गरिएको हो।

कार्यालयमा लिखित उजुरी परेकाले अनुसन्धानपछि तिमल्सिना संलग्न रहेको पाइएकाले उनलाई पक्राउ गरिएको आचार्यले बताए।

तिमल्सिनालाई सार्वजनिक अपराध तथा सजाय ऐन २०२७ अन्तर्गत मुद्दा दर्ताको प्रक्रियाअघि बढाइएको चितवन प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell