PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

शंकरनगर वन बाटिकामा १४ करोड लागतमा भ्यूटावर बनाउन टेण्डर आव्हान



चन्द्रकान्त खनाल

शंकरनगर वन बाटिकामा १४ करोड लागतमा भ्यूटावर बनाउन टेण्डर आव्हान

रुपन्देही : शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा दश तले भ्यूटावर बन्ने भएको छ। टावरको बनाउँन टेन्डर आव्हान गरिएको छ। वन बाटिकाको साधारण सभामा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले वन बाटिका तिलोत्तमा नगरपालिकाको प्रमुख गहना भएकाले यसको पर्यटकीय विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए।

उनले वन वाटिकामा करिब १४ करोड लागतमा दश तले भ्यूटावर बनाउन टेण्डर समेत आव्हान भएकाले भ्यूटावर निर्माणपछि यहाँ आउने पर्यटकको संख्यामा बृद्धि हुने बताए।

वन बाटिकाले तिलोत्तमा नगरवासीले गर्व गर्न पाएको स्मरण गराउँदै नगरप्रमुख घिमिरेले वन बाटिकाको पर्यटकीय विकासमा कसैले पनि असहयोग र अवरोध गर्न नमिल्ने बताए। 

केन्द्रका अध्यक्ष बाबुराम अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै वन बाटिकाभित्र नगरपालिकासँग मिलेर भ्यूटावर निर्माण शुरु हुने प्रकृयामा रहेको जानकारी गराए। उनले आगामी दिनमा बालरेल सञ्चालन, बोटानिकल गार्डेन, हरर हाउस, प्राकृतिक पोखरी निर्माण, ऐतिहासिक कुवा संरक्षण, चिडियाखानालाई क्षेत्रीय स्तरमा स्तरोन्नति सहित ध्यान केन्द्र निर्माण र जटिबुटी तथा जिवजन्तु संरक्षण गर्ने लक्ष्य राखिएको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell