PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

मोगादिसु आक्रमणपछि सरकारले गर्‍यो प्रहरी प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त



पहिलोपोस्ट

मोगादिसु आक्रमणपछि सरकारले गर्‍यो प्रहरी प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त
फोटो श्रोतः twitter

सोमालिया :  मोगादिसुको एक होटलमा कमजोर सुरक्षा व्यवस्थाका कारण आक्रमण भएको भन्दै सरकारले सोमालियाका प्रहरी प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेको छ। 

मृतकको सङ्ख्याबारे मन्त्रिपरिषद्लाई जानकारी गराउँदै गृहमन्त्री मोहम्मद अवुकार इस्लोले प्रहरी प्रमुख अव्दिहाकिम दाहिर सैयद तथा गुप्तचर विभागका सुरक्षा प्रमुख अव्दिल्लाही मोहम्मद सानबालुसेको बखास्तीका लागि प्रस्ताव राखेका थिए। प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ। शनिबार भएको आक्रमणमा परी २७ जनाको मृत्यु भएको छ। रासस/एएफ्पी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell