काठमाडौं: फिल्म 'तिमीसँग'को अन्तिम छायांकन अन्नपुर्ण बेसक्याम्पमा गरिएको छ। फिल्मको शीर्ष गीतको छायांकन आधार शिविरमा भएको जानकारी फिल्म युनिटले दिएको हो।
निर्देशक शिशिर राणाका अनुसार नेपाली फिल्ममा अन्नपुर्ण बेसक्याम्पको दृश्य पहिलो पटक गरिएको हो। फिल्मले एक पर्यटक गाइडको प्रेमकथा लिएको छ। फिल्मको विषयबारे मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह भन्छिन्,'अन्य फिल्मको प्रेम कथाभन्दा रोचक छ तिमीसँगको कथा। यसले मलाई निकै नै आशावादी बनाएको छ।' फिल्ममा साम्राज्ञीसँगै आकाश श्रेष्ठ, नाजिर हुशेन लगायतका कलाकारहरुमो मुख्य भुमिका रहेको छ।
पुनहिल, घोरोपनी, देउराली, घान्द्रुक लगायतका क्षेत्रमा समेत छायांकन गरिएको फिल्मले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भूमिका खेल्ने निर्माता तथा लेखक शिशिर राणाले बताए। यो उनको निर्देशकीय डेब्यु फिल्म पनि हो।