
काठमाडौं : रसुवाको कालिका गाउँपालिकामा वडा न ४ मा स्थानीय तहको वडा अध्यक्षका उम्मेदवार भएका नेकपा एमालेका विष्णुबहादुर तामाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
तामाङलाई नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा उमेद्वार मोहन आचार्यले पार्टी भित्र्याएका हुन्। उनलाई रसुवाको प्रदेश सभा २ मा उमेद्वार नयाँ शक्तिका उमेद्वार प्रेम तामाङले पनि स्वागत गरेका थिए।
पार्टी प्रवेशपछि तामाङले नेपाली कांग्रेसको गठबन्धनलाई जिताउँन आफू र आफ्ना समर्थक लागि पर्ने बताए। कांग्रेस उमेद्वार आचार्यले तामाङको प्रवेशले कांग्रेस नेतृत्वको गठवन्धन अझ फराकिलो अन्तरले जित्ने बताए।
उनले सबै नेता कार्यकर्ता र समर्थकलाई चुनावसम्म विश्राम नलिर्इ चुनावमा खट्न आग्रह गरे। चुनावपछिको जिम्मा मेरो चुनावसम्मको जिम्मा तपार्इको आचार्यले भने।