
समीक्षकहरुले चर्चामा ल्याएको फिल्म सेक्रेट सुपरस्टारले बक्स अफिसमा भने धेरै आम्दानी गरेन। आमिर खान र जइरा वासिमको फिल्मले १० औं दिनमा ३ करोड ५० लाख बटुल्यो। फिल्मले १० दिनमा कूल ४६ करोड ६५ लाख कमाएको छ। फिल्मले पहिलो साता ४१ करोड कमाएको थियो भने दोस्रो सातामा कमाइ घट्ने देखिएको छ।
आमिर खान विशेष भूमिकामा देखिने फिल्मको लिड रोलमा जरिम वासिम छिनन्। स्कुले छात्रा इन्सिया मलिकको संगीत मोहमा उनका बाबुको असहयोगलाई फिल्ममा उतारिएको छ। संगीत प्रशिक्षकको भूमिकामा छन् आमिर।
सेक्रेट सुपरस्टार अदवित चन्दनले निर्देशन गरेको फिल्म हो भने आमिर खान र किरन राव निर्माताका रुपमा रहेका छन्।