PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

दुर्घटनामा परी भारतमा नौको मृत्यु, तीस घाइते



पहिलोपोस्ट

दुर्घटनामा परी भारतमा नौको मृत्यु, तीस घाइते

नयाँदिल्ली : भारतको कर्नाटक राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य ३० घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

“आइतबार बेलुका ४० जना यात्रु बोकेको टेम्पो थोरे सेत्तिहाल्ली गाउँ नजिकै रुखमा ठोक्किएर दुर्घटना भएको हो” एक जना उच्च प्रहरी अधिकारीले भने।

दुर्घटना भएपछि नौ जनाको घटनास्थलमै मृत्यु भएको हो भने, घाइतेहरुलाई स्थानीयबासिन्दाले उद्धार गरेर नजिकैको अस्पतालमा पुर्‍याएका थिए।

क्षमताभन्दा धेरै यात्रुहरु बोकेको र तिव्र गतिमा रहेकाले नियन्त्रणभन्दा बाहिर गएर दुर्घटना भएको प्रहरीको बुझाई छ। अध्याँरो भएकाले नियन्त्रण गुमाएपछि टेम्पो रुखमा ठोक्किएको प्रहरीले जनाएको छ।

भारत विश्वमै सबैभन्दा धेरै सडक दुर्घटना हुने देश हो। सडक अवस्था खराब, पर्याप्त मर्मत नभएका सवारी साधन र चालकको लापर्बाहीका कारण दुर्घटना हुने गरेको पाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell