PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रचण्डले भने–आयोगले नै दुई वटा मतपत्र प्रयोग गर्ने भनेपछि निर्वाचनका बारेमा आशंका नगरौँ



राजेन्द्र आचार्य

प्रचण्डले भने–आयोगले नै दुई वटा मतपत्र प्रयोग गर्ने भनेपछि निर्वाचनका बारेमा आशंका नगरौँ

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले  प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा आशंका नगर्न आग्रह गरेका छन्। 
प्रेस चौतारी र प्रेस सेन्टरले चितवनको भरतपुर विमानस्थलमा गरेको संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मतपत्रको विषयमा थोरै विवाद जस्तो देखिए पनि निर्वाचन आयोगले दुई वटै मतपत्र प्रयोग गर्न भनेपछि कुनै विवाद नरहेकाले निर्वाचनको विषयमा कुनै शंसय नरहेको बताए ।

उनले भने,‘चुनावका विषयमा कुनै आशंका लिन आवश्यकता छैन। चुनाव हुन्छ, एउटा कुरा मतपत्रको विषयमा विवाद हुन्छ कि भन्ने देखिएको थियो। निर्वाचन आयोगले दुईवटै मतपत्र प्रयोग गर्न भनेपछि निर्वाचनका बारेमा कुनै शंसय बाँकी छैन।’

उनले सिट बाँडफाँट आज बेलुकासम्म टुङ्ग्याउने बताए। प्रचण्डले हरेक पार्टीले निर्वाचनका बेला आफ्नो हितलाई प्रयोग गरेर चुनावी तालमेल गर्ने गरेकाले वाम तालमेललाई अन्यथा नलिन आग्रह गरे। 

प्रचण्डले आफूहरु सरकारमा पनि रहेकाले अहिले वाम एकताभन्दा पनि यसलाई चुनावी एकता गठबन्धन मात्र रहेको बुझ्न आग्रह गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell