PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

लोकतन्त्रको रक्षा गर्न लोकतन्त्रवादी संगठित हुनुपर्छः सञ्चारमन्त्री



पहिलोपोस्ट

लोकतन्त्रको रक्षा गर्न लोकतन्त्रवादी संगठित हुनुपर्छः सञ्चारमन्त्री

भक्तपुर :  सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले एक दलीय तानाशाह अन्त्यका लागि लोकतन्त्रवादी एक ठाउँमा संगठित हुनुपर्ने बताएका छन्। 

भक्तपुरमा नेपाली कांग्रेसका पूर्व सभापति रामबहादुर ठकुरीद्वारा लिखित आत्मवृतान्त ‘नलेखिएका इतिहास’ पुस्तकको आज लोकार्पण गर्दै मन्त्री बस्नेतले लोकतन्त्रको रक्षा, एकदलीय तानाशाह र अलोकतान्त्रिक गठबन्धनविरुद्ध सबै लोकतन्त्रवादीलाई एक ठाउँमा आउन आग्रह गरे। 

वाम गठबन्धनका नाममा नेपाली कांग्रेसलाई सिध्याउन खोज्ने दलसँग कांग्रेस विचलित नहुने उल्लेख गर्दै मन्त्री बस्नेतले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दावी गरे। 

उनले मुलुकको विकासमा नेपाली कांग्रेसले खेलेको भूमिकाको नेपाली जनताले उच्च मूल्यांकन गर्ने समय आएको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell