PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

प्राधिकरणको प्रतिवद्धताः वर्षा अगावै ६० प्रतिशत भूकम्पपीडित घरमा



पहिलोपोस्ट

प्राधिकरणको प्रतिवद्धताः वर्षा अगावै ६० प्रतिशत भूकम्पपीडित घरमा

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण तथा पुनस्थापनामा सहयोग गरिरहेका विकास साझेदारसँग वर्षा अगावै ६० प्रतिशत भूकम्पपीडितलाई घरमा सार्ने प्रतिवद्धता व्यक्त गरेको छ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले विकास साझेदारसँगको छलफलमा प्राधिकरणमा नेतृत्व परिवर्तन भए पनि काममा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गर्दै सबै विकास साझेदारबाट रचनात्मक सहयोगको अपेक्षा गरेको बताए। 

पुनर्निर्माणसँग सम्बन्धित मन्त्रालय तथा स्थानीय तहमा काम गरेको लामो अनुभव सुनाउँदै भुसालले संगठनात्मक र नीतिगत चरण सकिएकाले अब तीव्र रुपमा कार्यान्वयन गर्न सकिने बताए। 

उनले भने,‘वर्षाअघि ६० प्रतिशत भूकम्पपीडितलाई नयाँ घरमा सार्ने लक्ष्य छ, यसमा विकास साझेदारको सहयोगको खाँचो छ, पुनर्निर्माणमा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादनमा पनि विकास साझेदारको सहयोग आवश्यक पर्छ।’

विकास साझेदार संस्थाका प्रतिनिधिले पुनर्निर्माणमा भइरहेको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए। 

प्राधिकरणमा नौ महिना नेतृत्व गरेर हालै मात्र राजीनामा दिई राजनीतिमा सक्रिय भएका पूर्व प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेललाई विकास साझेदारकातर्फबाट बिदाइ गरिएको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell