PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सिटौलाको नाम समानुपातिक सूचीबाट फिर्ता : प्रत्यक्षमा लड्ने, राप्रपासँग तालमेलमा प्रश्न



रमेश वाग्ले

सिटौलाको नाम समानुपातिक सूचीबाट फिर्ता : प्रत्यक्षमा लड्ने, राप्रपासँग तालमेलमा प्रश्न

काठमाडौं : नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलाको नाम समानुपातिक सूचीबाट फिर्ता लिएको छ। निर्वाचन कार्यतालिका अनुसार आइतबार समानुपातिकतर्फको  बन्दसूची संशोधन गरी बुझाउँदा कांग्रेसले सिटौलाको नाम हटाएको हो।

कांग्रेसले राप्रपासँग तालमेलकै लागि सिटौलाको नाम एक नम्बरमा राखेर समानुपातिकतर्फको प्रारम्भिक सूची आयोगमा बुझाएको थियो। समानुपातिकतर्फ नाम राखिएपछि असन्तुष्ट हुँदै आएका नेता सिटौलाले झापा पुगेर मतदाताहरुसँग सुझाव लिएका थिए।

उनले मतदाताहरुको सुझाव र स्थानीय नेता कार्यकर्ताको सुझावका बलमा समानुपातिकतर्फ नै राखिए संसदीय समिति र अन्य जिम्मेवारीबाट राजिनामा दिएर विरोधमा जाने धम्की सभापति शेरबहादुर देउवासहित नेताहरुलाई दिएपछि कांग्रेसले उनको नाम समानुपातिक सूचीबाट फिर्ता लिएको हो।

फिर्ता लिएसँग झापा तीनमा आफ्ना उपाध्यक्ष राजेन्द्र लिङ्देनलाई उठाउने तयारीमा रहेको राप्रपा र कांग्रेसबीच खटपट सुरु भएको छा।

यसअघिको सहमति पालना नभए देशभर असहयोग गर्ने चेतावनी राप्रपाले दिएको छ।

'देशभर चुनावी तालमेलका लागि झापा तीन हामीले पाउने सहमति भएको थियो,' आपूर्ति राज्यमन्त्री समेत रहेका राप्रपा नेता सुशीलकुमार श्रेष्ठले भने, 'त्यही अनुसार सिटौलाजीको नाम समानुपातिकमा राखिएको जानकारी हामीले पाएका थियौ। तर हिजो एकाएक नाम फिर्ता लिएपछि अविश्वास बढेको छ।'

श्रेष्ठले कार्यदल स्तरमा र अध्यक्षस्तरमा पनि भइसकेको सहमति भन्दै त्यस विषया कुरा भइरहेको बताए।

'अहिले नै गठबन्धन तोडियो भन्ने अवस्थामा त पुगिएको छैन,' श्रेष्ठले भने, 'उहाँहरुसँग कुराकानी भइरहेको छ। केही न केही निकास निस्कन्छ भन्ने विश्वासमै छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell