PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

पीडितलाई राहत दिन मानव अधिकार आयोगले दबाबमूलक कार्यक्रम गर्ने



पहिलोपोस्ट

पीडितलाई राहत दिन मानव अधिकार आयोगले दबाबमूलक कार्यक्रम गर्ने

पोखरा :  राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार उल्लंघनका घटनामा पीडितलाई राहत दिन आयोगले जस्तोसुकै दबाबमूलक कार्यक्रम गर्न सक्ने बताएका छन्। 

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयको पोखरामा सुरु भएको अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको अवस्था विषयक दुईदिने प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष शर्माले राज्य पक्ष वा गैरराज्य पक्ष जोसुकैबाट हुने त्यस्ता घटनामा अधिकारकर्मीसँग हातेमालो गर्दै दबाब दिन आयोग अग्रपंक्तिमा रहने बताए। 

नयाँ बन्ने पूर्वाधारका हरेक संरचना अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिँदै अध्यक्ष शर्माले मानवको खान मात्रै नभई सम्मानपूर्वक बाँच्ने पनि अधिकार सुनिश्चित हुनु पर्ने बताए। 

उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले लामो समयको संक्रमणकालको अन्त्यसँगै आर्थिक समृद्धि र विकासको बाटोमा देश अघि बढ्ने विश्वास व्यक्त गरे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell