PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

सुनकेसरीको पोस्टरमा ऋचाको डरलाग्दो रुप



पहिलोपोस्ट

सुनकेसरीको पोस्टरमा ऋचाको डरलाग्दो रुप

काठमाडौं :  'आधा लभ'मार्फत् फिल्म निर्माणमा हात हालेकी नायिका ऋचा शर्मा निर्मित तथा अभिनित फिल्म ‘सुनकेसरी’को नयाँ पोष्टर सार्वजनिक भएको छ।

फिल्मको सार्वजनिक पोष्टर निकै डरलाग्दो बनाइएको छ। अझ, नायिका ऋचाको रुपले त अझ सबैलाई चकित बनाउँछ। पोष्टरबाटै के प्रष्ट हुन्छ भने ‘सुनकेसरी’ हरर फिल्म हो।

यसअघि निर्माण पक्षले एक बालिका फिचरिङ फिल्मको फस्ट लुक पोष्टर सार्वजनिक गरेको थियो। ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा ‘सुनकेसरी’ निर्माण गरेकी हुन्। फिल्मका निर्देशक अर्पण थापा हुन्।

ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेको छ। यो फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भूतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ।

सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको यो फिल्मको बजेट २ करोड बताइएको छ। फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सहनिर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी र अर्पण थापा छन्। फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन। यतिबेला ‘सुनकेसरी’ सम्पादन टेवुलमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell