PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

ललितपुर महानगरमा विषयगत कार्यालयबाट आएका कर्मचारीलाई किन दिइएन जिम्मेवारी ?



पहिलोपोस्ट

ललितपुर महानगरमा विषयगत कार्यालयबाट आएका कर्मचारीलाई किन दिइएन जिम्मेवारी ?
फोटो श्रोतः lalitpurmun.gov.np

ललितपुर : ललितपुर महानगरपालिकामा विभिन्न विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन भएका छन्। 

विषयगत कार्यालयबाट १३ जना कर्मचारी महानगरपालिकामा हाजिर हुन आएका छन्। उनीहरुको दरबन्दी सम्बन्धित कार्यालयमा नै रहेकाले व्यवस्थापन गर्न नसकिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए।

महानगरपालिकामा जिल्ला शिक्षा कार्यालय, कृषि विकास कार्यालयलगायतका कार्यालयबाट कर्मचारी काजमा आएका छन्। उनीहरुलाई छुट्टै कोठा, टेबुललगायतको व्यवस्था गर्नसमेत कठीनाई भएको छ।

सरकारले कर्मचारी समायोजनसम्बन्धी निर्देशिका बनाएपछि महानगरपालिकाले दरबन्दीको निर्णय गर्नेछ। उनी भन्छन,‘हामीलाई त्यसका आधारमा व्यवस्थापन गर्न सजिलो हुने थियो।’

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा कर्मचारी समायोजन सम्बन्धी समिति छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell