PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का मन्त्रालय तानिए



पहिलोपोस्ट

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का मन्त्रालय तानिए

काठमाडौं :  नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपूर्ति मन्त्रालयमा तानिएको छ।  आपूर्ति मन्त्री जयन्त चन्दले सोमबार नै खड्कालाई मन्त्रालय तानेका हुन्।

संसदीय समितिले आयल निगमको जग्गा खरिद प्रक्रियामा खड्काले अनियमितता गरेको ठहर गरेपछि सरकारले केही समयअघि उनलाई बर्खास्त गरेको थियो।
 
सर्वोच्च अदालतमा पदबहालीको मुद्धा जितेपछि खड्का पुनः आयल निगमको कार्यकारी निर्देशकमा फर्किएका थिए। जग्गा खरिद प्रक्रियाको प्रमाण नष्ट गर्न सक्ने भन्दै खड्कालाई आपूर्ति मन्त्रालयले आफूमातहतको निगमबाट मन्त्रालय तानेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell