PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

ताइवानमा ९२ प्रतिशत कामकाजी मानिस तलबमा असन्तुष्ट, अधिकांश आर्थिक रुपमा कमजोर



पहिलोपोस्ट

ताइवानमा ९२ प्रतिशत कामकाजी मानिस तलबमा असन्तुष्ट, अधिकांश आर्थिक रुपमा कमजोर
फोटो श्रोतः jbsolis.com

ताईपेइ :  ताइवानमा काम गर्ने अधिकांश कामकाजी मानिसले आर्थिकरुपमा आफूलाई कमजोर महसुस गर्ने गरेको पाइएको छ। 

सोमबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनमा काम धेरै तर तलब भने थोरै भएको अधिकांशले महसुस गरेको उल्लेख छ। 

सर्वेक्षणमा सहभागी एक हजार ७६ जनामध्ये ८६ प्रतिशतले काममा एकदमै धेरै तनाव र सेवासुविधामा निकै कन्जुस्याइँ भएको बताएका हुन्। 

उनीहरुले सेवासुविधा वृद्धि पनि निकै सुस्त गतिमा हुने गरेको अनुभव सुनाएको प्रतिवेदनमा उल्लेख गरिएको सर्वेक्षणकर्ताले जनाएका छन्। 

सन् १९६०, १९७० र १९८० को दशकमा जन्मेका स्थानीय बासिन्दा सर्वेक्षणमा सहभागी भएका थिए। उनीहरुमध्ये महिलाभन्दा पुरुष बढी रुखो र रिसाहा भएको पाइएको पनि सर्वेक्षणले देखाएको छ। 

सर्वेक्षणमा सहभागी कामकाजीमध्ये ९२ प्रतिशत आफ्नो तलबमा सन्तुष्ट हुन सकेका छैनन्। तर पनि खर्च बढ्दै जाने, घर, ऋण, भाडालगायत महँगो हुँदै जाने गरेकाले असन्तुष्टिका बीच काम गरिरहनुपरेको उनीहरुको भनाइ छ। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell