PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

प्रदीप ज्ञवालीको दाबी : अब कांग्रेस सधैको प्रतिपक्ष



पहिलोपोस्ट

प्रदीप ज्ञवालीको दाबी : अब कांग्रेस सधैको प्रतिपक्ष

बुटवल : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनपछि नेपाली कांग्रेस सधैको प्रतिपक्ष बन्ने दाबी गरेका छन्।

नेकपा एमाले गुल्मी–रुपन्देही सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै ज्ञवालीले निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमतका साथ सरकारको नेतृत्व गर्ने दाबी गरे। 

उनले सरकारको नेतृत्व पनि कांग्रेसले गर्न नसक्ने, बलियो प्रतिपक्ष पनि बन्न नसक्ने र अब कांग्रेस भारतको कांग्रेसकै जस्तो हालतमा पुग्न लागेको दाबी गरे। 

ज्ञवालीले वाम गठबन्धन देशको आवश्यकता र माग भएको बताए। उनले कांग्रेसले पराजित हुने डरले चुनाव सार्ने अथवा हुनै नदिने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell