काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष कमल थापासहित पाँच उम्मेदवार छनोट गरेको छ। नेपाली कांग्रेससँग प्रतिनिधिसभातर्फ ७ सिट लिने गरी तालेमलको सहमति गरेको राप्रपाले झापा तीनमा भने कांग्रेसका उम्मेदवार विरुद्ध उम्मेदवार खडा गरेको हो।
आजै मात्र झापा तीनमा कांग्रेसले कृष्णप्रसाद सिटौलाको उम्मेदवारी सुनिश्चित गरेकोमा राप्रपाले पनि आजै आफ्ना उपाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको उम्मेदवारी सार्वजनिक गरेको हो।
उम्मेदवारीसँगै कांग्रेस र राप्रपाको चुनावी तालमेल हुने नहुने विषयमा प्रश्न उठेको छ। राप्पाले मकवलानपुर-१मा अध्यक्ष कमल थापा, झापा-३मा उपाध्यक्ष राजेन्द्र लिङ्देन, काठमाडौं -७मा विक्रमबहादुर थापा, बाँके-२मा ओमप्रसाद आजाद र दैलेख-१मा दीपककुमार कार्कीलाई उम्मेदवार बनाएको हो।
राप्रपाले आफ्नो पार्टीको चुनावी घोषणापत्र आगामी २० गते सार्वजनिक गर्ने जनाएको छ।