
काठमाडौँ : सर्वोच्च अदालतमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि अलग अलग मतपत्र छाप्ने अदालतको निर्णयलाई अनादर गरेर बोलेको भन्दै राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले आज ओली र दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन्।
अलग अलग मतपत्र छाप्ने कार्य अगाडि बढाउन दिन नहुने भन्ने मनसायले भाषण गरेको हुँदा अदालतको आदेशको मानहानि हुन गएको मुद्दामा उल्लेख छ। साथै, निजहरुलाई अदालतको अपहेलनाअन्तर्गत मुद्दामा एक वर्ष कैद र १० हजार जरिवानाको माग पनि गरिएको छ।रासस