PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

महोत्तरीमा ११ मतदान केन्द्र थप



पहिलोपोस्ट

महोत्तरीमा ११ मतदान केन्द्र थप

गौशाला: आउँदो मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि महोत्तरी जिल्लामा ११ वटा मतदान केन्द्र थप गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा ४१५ मतदान केन्द्र कायम भएको महोत्तरी जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ११ मतदान केन्द्र थप गरिएको हो। जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार महोत्तरीमा ४२६ वटा मतदान केन्द्र कायम भएका छन्।  

तर मतदानस्थल स्थानीय तहकै निर्वाचनका बेला कायम भएको २५८ वटा नै अहिले पनि कायम रहेका छन्।

जिल्ला निर्वाचन अधिकारी रायका अनुसार जिल्लामा थप हुने मतदान केन्द्रहरुमा मटिहानी नपाको धिरापुर प्रावि, रामगोपालपुर नपाको दोलाठी निमावि, लोहारपट्टि नपाको प्रावि फुलबरिया रहेका छन्।

त्यस्तै, भंगहा नपाको सिंग्याही मावि, भगवतीपुर निमावि, बिपी स्मारक ज्ञानकुञ्ज अजगेवा, एकडारा गाउँपालिकाको नेरा प्रावि बेला रहेका छन्।

त्यसैगरी, बर्दिबास नपाको वरडाँडा मावि, खयरमारा मावि, कृषि सेवा केन्द्र, नयाँबजार र गौशाला नपा पूर्वको स्वास्थ्य चौकीमा मतदान केन्द्र थप भएका हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell