PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

दाङमा वाम गठबन्धनले टुंग्याए उम्मेदवार, एमालेलाई ६, माओवादीलाई तीन क्षेत्र



पहिलोपोस्ट

दाङमा वाम गठबन्धनले टुंग्याए उम्मेदवार, एमालेलाई ६, माओवादीलाई तीन क्षेत्र

दाङ :  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङमा एमाले माओवादी गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ। 

एमाले जिल्ला अध्यक्ष टीकाराम खड्काका अनुसार दाङमा रहेका तीन क्षेत्रमध्ये दुई क्षेत्र एमालेलाई र एक क्षेत्र माओवादीलाई दिइएको छ। 

प्रदेशसहित एमालेले ६ र माओवादीले तीन क्षेत्र पाएका छन्। एमालेले प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार क्षेत्र पाएको छ।

यस्तै माओवादीले प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि २ क्षेत्र पाएको छ। एमालेले क्षेत्र नं एकबाट प्रतिनिधिसभाका लागि वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ। 

प्रदेशतर्फ ‘क’ मा माओवादीका इन्द्रजित थारु, ‘ख’ मा एमालेका रेवतीरमण शर्मा उम्मेदवार बन्ने अपेक्षा गरिएको छ। प्रतिनिधिसभाका लागि क्षेत्र नं ३ मा हीराचन्द्र केसी, प्रदेशका लागि ‘क’ मा माओवादी उम्मेदवार र ‘ख’ मा एमालेका उत्तर ओली उम्मेदवार बन्ने बताइएको छ। 

प्रदेशसभाको लागि क्षेत्र नं २ मा माओवादीका कृष्णबहादुर महरा उम्मेदवार बनेका छन् भने प्रदेशतर्फ २ को ‘क’मा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल र ‘ख’मा एमालेकै अमर डाँगी उम्मेदवार बन्ने भएका छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell