PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

किन नियन्त्रण भएन ललितपुरमा विद्युत् चोरी ? 



पहिलोपोस्ट

किन नियन्त्रण भएन ललितपुरमा विद्युत् चोरी ? 

ललितपुर :  ललितपुरमा विद्युत् चोरी नियन्त्रण हुन सकेको छैन। कार्यालयले अनुगमन र कारबाही गरिरहे पनि चुहावट नियन्त्रण नभएको लगनखेल केन्द्रका प्रमुख वीरेन्द्रकुमार सिंहले जानकारी दिए। संगठितरुपमा चोरी भएकाले नियन्त्रण गर्न गाहो भएको उनको भनाइ छ। 

ललितपुरको च्यासल, लुखुसी, सुबहाल, सुन्धारालगायतका स्थानमा विद्युत् चोरी भइरहेको छ। नगरका भित्री भाग र चक्रपथ बाहिर विद्युत् चोरी भइरहेको छ।

चक्रपथ बाहिर हरिसिद्धि, ठैंब, सानागाउँ, सुनाकोठीलगायतका स्थानमा विद्युत् चुहावट बढी हुने गरेको सिंहले बताए। स्थानीयको मानसिकता परिवर्तन नगरी चुहावट नियन्त्रण नहुने सिंह बताउँछन्।

स्थानीय टोल सुधार समिति र प्रशासनसँग मिलेर विद्युत् चुहावट भए/नभएको अनुगमन भइरहेको छ। अनुगमनका लागि स्थानीय निकाय अग्रसर हुनुपर्नेमा सिंहको भनाई छ। 

गत साउनमा मात्रै विद्युत् चुहावट १७.१३ प्रतिशत छ। गत आर्थिक वर्षको चुहावट १२.६१ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७२/७३ मा १२ प्रतिशत र आर्थिक वर्ष २०७१/७२ मा १८.८९ प्रतिशत विद्युत् चुहावट रहेको थियो।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell