PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

वाम गठबन्धनले झुक्याएपछि बाहिरिएँ : बाबुराम भट्टराई



पहिलोपोस्ट

वाम गठबन्धनले झुक्याएपछि बाहिरिएँ : बाबुराम भट्टराई

पोखरा :  नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले वाम गठबन्धनले झुक्याएपछि गठबन्धनबाट बाहिरिएको बताएका छन्। 

प्रेस सोसाइटी कास्कीले मंगलबार पोखरामा गरेको पत्रकार सम्मेलनमा भट्टराईले फोरम र नयाँ शक्तिलाई बाहिर राखेर दुई पार्टीले कम्यिुनिष्ट केन्द्र बनाउने अतिवादी सोच देखाएपछि आफू गठबन्धनबाट बाहिरिएको बताए।

‘नयाँ समाजवादी पार्टी बनाउने भन्दै प्रस्ताव गरे’ भट्टराईले भने ‘तर पछि उनीहरुले पुरानै कम्युनिष्ट पार्टीको धङधङी र चरित्र देखाएपछि हामी गठबन्धनबाट बाहिरियौं।’

उनले एमाले र माओवादीले बनाउने भनेको कम्युनिष्ट केन्द्रको औचित्य नरहेको बताए। स्टालिनकालीन कम्युनिष्टको नेपालमा कुनै औचित्य नरहेको  भन्दै  भट्टराईले वाम घटक र लोकतान्त्रिक शक्ति मिलाएर मात्र देशमा नयाँ बैकल्पिक शक्ति निर्माण गर्न सकिने बताए। 

उनले नयाँ शक्ति पार्टी वाम र लोकतान्त्रिक पार्टीको फ्यूजन भएको बताए। भट्टराईले आफू कांग्रेस र कम्युनिष्ट दुवैलाई समदुरीमा राखेर अगाडि बढ्नेसमेत बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell