PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

माओवादीबाट मारिएका गुरु लुइँटेलका छोरा भन्छन् : संक्रमणकालीन न्यायको मार्ग खुल्यो



रमेश वाग्ले

माओवादीबाट मारिएका गुरु लुइँटेलका छोरा भन्छन् : संक्रमणकालीन न्यायको मार्ग खुल्यो

काठमाडौं : उज्वनकुमार हत्यामा दोषी माओवादी नेता बालकृष्ण ढुंगेलको पक्राउसँगै ओखलढुंगाका द्वन्द्व पीडितहरुमा खुसी छाएको छ।

माओवादीका पूर्वसभासदसमेत रहेका ढुङ्गेल समातिएको विश्वस्त नभए पनि उनीहरुले न्याय मर्ने हो कि भन्ने चिन्तामा राहत मिलेको बताए।

‘ढुङ्गेल समातिएको खबरले हामीलाई थोरै भए पनि राहत मिलेको छ,’ माओवादीबाटै मारिएका शिक्षक गुरु लुइँटेका छोरा फणिन्द्र लुइँटेलले भने, ‘यसले संक्रमणकालीन न्यायको मार्ग खोलिएको छ।’ द्वन्द्व पीडितहरुका तर्फबाट न्यायको लडाइँसमेत लडिरहेका अधिकारकर्मी लुइँटेलले जुनसुकै आवरणमा पनि अपराध लुक्दैन भन्ने कुरा स्थापित हुँदा न्याय जिवीत हुने बताए। 

‘म जस्ता हजारौँका लागि यो खुशीको खबर हो,’ फणिन्द्रले भने, ‘बालकृष्ण पक्राउ पर्नु व्यक्तिभन्दा आपराधिक प्रवृतिको नियन्त्रण हो। अब यस्ता दोषीहरु न्यायको कठघरामा आउने बाटो खुलेको छ।’
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell