PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

पेरिस सम्झौतामा अमेरिका सहभागी हुने चीनको अपेक्षा



पहिलोपोस्ट

पेरिस सम्झौतामा अमेरिका सहभागी हुने चीनको अपेक्षा
फोटो श्रोतः reuters.com

बेइजिङ :  चीनले पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि सहभागी हुने विश्वास व्यक्त गरेको छ। जलवायु परिवर्तनसम्वन्धी विश्वव्यापी समस्याको समाधानका लागि लड्न अमेरिकाले पनि सहयोग गर्ने चीनका एक जना वरिष्ठ कुटनीतिज्ञले विश्वास व्यक्त गरेका हुन्। 

जलवायु परिवर्तन सम्वन्धी चीनियाँ विषेश दूत सि झेन्हुअले पत्रकार सम्मेलनमा भने,‘चीनले जलवायु परिवर्तनका वारेमा अमेरिकासँगको सहकार्य बढाउँदै लैजान चाहेको छ।’

पेरिस सम्झौतामा विश्वका सवैजसो देशहरुले सन् २०१५ मा हस्ताक्षर गरेका छन्। उनीहरुले हरितगृह ग्याँस उत्सर्जन कम गर्ने, तापक्रम बढ्ने क्रमलाई घटाउदै लैजाने लगायतका प्रतिवद्धता पनि गरेका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरराष्ट्रिय यस प्रतिवद्धतामा अमेरिका सहमत नरहेको गत जुनमा बताएका थिए। 

जलवायु परिवर्तनसम्बन्धि पेरिस एक्कर्ड (पेरिस सम्झौता)बाट आफू हट्ने जानकारी संयुक्त राष्ट्र संघलाई दिएका थिए। 

सम्झौतालाई नमान्ने ट्रम्पको निर्णयको विश्वसमुदायले आलोचना गरेको थियो। यही सन्दर्भमा चीनिया अधिकारीले अमेरिकाले यस विषयमा पुनःविचार गरेर सम्झौतामा सहभागी हुने विश्वास व्यक्त गरेका छन्। 

राष्ट्रसंघको अगुवाइमा निकै लामो छलफल पश्चात् सन् २०१५ नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा पारित जलवायु परिवर्तन नियन्त्रण सम्बन्धि सम्झौतालाई विश्वले भने एक ऐतिहासिक उपलब्धिका रुपमा मान्दै आएको छ। 

अमेरिका सहभागी नहुने भनी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयपछि भने यस सम्झौताको भविश्यका बारेमा विभिन्न प्रतिक्रिया सुरु भएका थिए। 

अमेरिकाकै कारण यो सम्झौता कार्यान्वयनमा आउनबाट नरोकिने धरैको भनाइ छ भने कतिपयले अमेरिका विनाको पेरिस सम्झौताको भविष्यको बहस थालेका थिए। 

हरितगृह ग्यास उत्सर्जनमा प्रभावशाली रुपले न्यूनिकरण गर्ने लक्षसहित विश्वका १९७ देशले हस्ताक्षर गरेको पेरिस सम्झौताबाट अमेरिकी ट्रम्प प्रशासन किन अलग्गिन लाग्यो त भन्ने प्रश्नको जवाफ आजको विश्वले खोजिरेहको छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell