PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

अम्बिका गुरुङको नयाँ गीति भिडियो सार्वजनिक



पहिलोपोस्ट

अम्बिका गुरुङको नयाँ गीति भिडियो सार्वजनिक

काठमाडौं: गीतकार तथा कवियित्री अम्बिका गुरुङको नयाँ गीती भिडियो सार्वजनिक भएको छ। गुरुङको शब्द रहेको ‘जून जस्तै शीतल’ बोलको गीत सोमबार साझ आधा दर्जन नेपाली टेलिभिजनमार्फत सार्वजनिक भएको हो।

गीतमा गायक सुमन केसीको स्वर छ। शंकर थापा यो गीतका संगीतकार हुन् भने उदयराज पौडेलले यो गीतमा संगीत संयोजन गरेका छन्। अर्जुन अधिकारीद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलको सुन्दर जोडीको फिचरिङ रहेको छ। उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्।

द पिक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। गीतकार अम्बिका गुरुङद्वारा स्थापित भावसागर इन्टरटेन्मेन्ट एलएलसीद्वारा निर्माण गरिएको यो भिडियो भावसागरकै आधिकारिक यूट्युब च्यानलमार्फत पनि रिलिज गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell