PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

प्रदेश २ मा राजपा र फोरमबीच सिट बाँडफाँटः राजपा १५, फोरमलाई १७ सिट



पहिलोपोस्ट

प्रदेश २ मा राजपा र फोरमबीच सिट बाँडफाँटः राजपा १५, फोरमलाई १७ सिट

काठमाडौं :  राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले प्रदेश २ का प्रतिनिधि र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् ।

प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले पाएको छ। प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ। पर्साको १,२ र ३ फोरमले लिएको छ भने ४ राजपाले पाएको छ। बाराको १ र ४ राजपाले लिँदा २ र ३ फोरमको भागमा परेको छ ।

रौतहटको १, २ र ४ राजपाले तथा ३ फोरमले पाएको छ।  सर्लाहीको १, २ र ४ राजपाले पाउँदा ३ फोरमको भागमा परेको छ।

धनुषाको १, २ र ४ राजपा तथा ३ फोरमले पाएको छ भने सिरहाको १, २, ४ फोरम र ३ राजपाको भागमा परेको छ। सप्तरीको १ र २ फोरम तथा ३ र ४  राजपाले लिएको छ। त्यस्तै महोत्तरीको १ र ४ फोरम तथा २ र ३ राजपाको भागमा परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell