काठमाडौं: फिल्म फाटेको जुत्ता युनिटले एकपछि अर्को गर्दै सस्पेन्स राखेको कलाकारहरु सार्वजनिक गर्दै छ। प्रचारका लागि फिल्म युनिटले वर्षा राउत, दयाहाङ राई लगायतलाई पोस्टरमार्फत रिभिल गरिदैछ।
फिल्म युनिटले रिलिज मितिको काउन्ट डाउन सहित मङ्गलबार नयाँ पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा दयाहाङ राईको फिचरिङ रहेको छ। जसमा उनी धार्मिक रुपमा देखिएका छन्। यसअघि प्रियङ्का कार्कीले दयाहाङसँग बसेको फोटो सहित फेसबुक पोस्ट पनि लेखेकी थिइन्।
सौगात मल्ल र प्रियङ्का कार्कीसँगै रविन्द्र झा, कामेश्वर चौरासिया, बुद्धि तामाङ, आमिर गौतम, रमेश रन्जन, सन्दीप क्षेत्री लगायतको नाम कलाकारको लिस्टमा रहे पनि वर्षा र दयाहाङको भने थिएन। फिल्मको आइटम गीत सार्वजनिक कार्यक्रममा पत्रकारले वर्षा र दयाहाङ पनि रहेको बारे प्रश्न सोध्दा फिल्म निर्माता अर्जुनकुमार श्रेष्ठले समय आएपछि बताएका थिए। अब भने यी दुबै कलाकार फिल्म प्रचार सामाग्रीमा देखिए पछि फिल्ममा पनि रहेको निश्चित भएको छ।