PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

माओवादी केन्द्रले भन्यो– ढुंगेल पक्राउ शान्ति सम्झौताको मर्मविपरित, तत्काल रिहाई गरियोस्



पहिलोपोस्ट

माओवादी केन्द्रले भन्यो– ढुंगेल पक्राउ शान्ति सम्झौताको मर्मविपरित, तत्काल रिहाई गरियोस्

काठमाडौँ :  नेकपा माओवादी केन्द्रले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ। 

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै ढुंगेललाई तत्काल रिहाईको माग गरेकी हुन्। उनले भनिन्,‘द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ। उहाँको तत्काल रिहा गरिनुपर्छ।’

 ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उनको भनाइ छ। 

निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै प्रवक्ता भुसालले शान्तिपूर्ण निर्वाचन कुनै पनि बहानामा बिथोलिन नहुने बताइन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनको डेराबाट आज पक्राउ गरेको थियो। 

ढुंगेल पहिलो संविधानसभामा ओखलढुङ्गा–२ बाट निर्वाचित संसद् थिए। उनलाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा अदालतले दोषी ठहर्याएको थियो। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell