काठमाडौं : नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएलले पूर्वसभासद् बालकृष्ण ढुंगेल पक्राउ निर्वाचन भाँड्ने षड्यन्त्र भएको बताएको छ।
वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले विज्ञप्ती जारी गरी द्वन्द्वकालीन मुद्दा ब्यूँताएर देशैभरका कांग्रेस र राप्रपाका नेताविरुद्ध मुद्दा हाल्ने पहल कदमी लिन ७७ वटै जिल्लाका आफ्ना कमिटीहरुलाई निर्देशन दिएका छन्।
वाइसीएलले द्वन्दकालका घटना ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’मार्फत हेरिनुको साटो नेता ढुंगेललाई पक्राउ गरेर बिस्तृत शान्ति सम्झौताको उल्लघंन गरिएको बताएको छ।
साथै प्रतिनिधि र प्रदेशसभाको चुनाव नजिकिएका बेला भएको यो घटना चुनाव भाड्ने षड्यन्त्र भएको वाइसीएलको आरोप छ।