PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

पुरातत्व विभागलाई मेयरको चुनौती: बागदरबार अस्तित्वमै छैन, हरिभवन भत्काउँछौँ 



दिनेश खड्का

पुरातत्व विभागलाई मेयरको चुनौती: बागदरबार अस्तित्वमै छैन, हरिभवन भत्काउँछौँ 

काठमाडौं:  पुरातत्व विभागलाई चुनौति दिँदै काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बागदरबार भत्काएर नयाँ सुविधासम्पन्न भवन निर्माण गरेरै छाड्ने बताएका छन्। 

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर शाक्यले अहिले बागदबार भनिएको भवन हरिभवन भएको भन्दै त्यसलार्इ भत्काएर नयाँ भवन निर्माण गर्ने महानगरपालिकाको औपचारिक धारणा सार्वजनिक गरेका हुन्।

मेयर  शाक्यले भने, ‍’ बागदरबार भन्ने कुनै समयमा थियो । तर दरबार धेरै पहिल्यै भत्किसकेकाले अहिले बागदरबार परिसरमा हरि भवन मात्र  बाँकी छ।‘

जुद्ध शमशेरका छोरा हरिशमशेर जवराले आफ्नो लागि बनाएको भवनलार्इ सबैले बागदरबार भन्दै आएको उनले बताए। 

‘यो भवन कुनै ऐतिहासिक दरबार नभएको र १९९० पछि बनेकाले त्यसलार्इ भत्काएर नयाँ भवन बनाउने योजना अघि सारेको’ शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्राचीन स्मारक संरक्षण ऐनले सय वर्ष नपुगेका भवनहरुलार्इ पुरातात्विक भवनका रुपमा नमान्ने जिकिर गर्दै उनले भवन भत्काएर नयाँ भवन निर्माण गर्न लागेको स्पष्ट पारे। 

२०६० साल देखि काठमाडौ महानगरपालिकाले उक्त भवन प्रयोग गर्दै आएको थियो।  यसअघि त्यहाँ अर्थ मन्त्रालय थियो। 

२०७२ बैशाखमा आएको विनाशकारी भूकम्पले भवनमा क्षति पुगेपछि राष्ट्रिय सभा गृहमा महानगरपालिकाले कार्यालयबाट सेवा दिएको थियो। तर अख्तियारले महानगरलार्इ राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी काम गर्न नमिल्ने भनेपछि जेडिए कम्प्लेक्समा भाडामा कार्यालय सञ्चालन गरिरहेको छ। 

महानगरपालिकाले भवन पुननिर्माणका लागि पुरातत्व विभाग समक्ष प्रस्ताव पेश गर्दा  विभागले महानगरपालिकालार्इ रेट्रोफिट गरेर भवन प्रयोग गर्न भनेको थियो।

अहिले काठमाडौ महानगरपालिकाले १ सय ५० करोडको लागतमा भवन बनाउने प्रस्ताव गरेको छ। महानगरको कार्यापालिकाबाट  स्वीकृत गरार्इ निर्माण गरिने मेयर शाक्यले बताए। 

आधुनिक टावरसहित भवन निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ। 

यस्तो छ महानगरले सार्वजनिक गरेको डिजाइन स्केच








 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell