PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

एसीसी युथ एसिया कप : नेपालको समूहमा भारत, बंगलादेश र मलेसिया



पहिलोपोस्ट

एसीसी युथ एसिया कप : नेपालको समूहमा भारत, बंगलादेश र मलेसिया

काठमाडौं : यही नोभेम्वर ९ देखि मलेसियामा हुने एसीसी युथ एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। एसीसीले जारी गरेको खेल तालिका अनुसार नेपाल, भारत, बंगलादेश र आयोजक मलेसिया समूह ए मा रहेको छ।

यस्तै पाकिस्तान, श्रीलंका र अफगानिस्तान समूह बी मा छन्। एसीसी वेस्टर्न रिजनको च्याम्पियन टिमले समूह बी मा प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेल नोभेम्वर ११ मा बंगलादेशसंग खेल्नेछ। यस्तै भारतसंग नोभेम्वर १२ तथा मलेसियासंग नोभेम्वर खेल्नेछ।

एसिया कपको तयारीका लागि नेपाली यू-१९ टोली सोमबारै बंगलादेश पुगिसकेको छ। त्यहाँ नेपालले बंगलादेश यू-१९ टीम संग ३ वान डे सिरिज खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell