PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

ढुंगेलको गिरफ्तारीले स्तब्ध बनायो : नेत्रविक्रम चन्द



पहिलोपोस्ट

ढुंगेलको गिरफ्तारीले स्तब्ध बनायो : नेत्रविक्रम चन्द

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धकालीन मुद्दाको नाममा माओवादी नेता बालकृष्ण ढुंगेललाई गिरफ्तारपछि जेल चलान गरिएको घटनालाई शान्ति सम्झौताको मर्म विपरितको काम भएको जनाएको छ। 

महासचिव चन्दद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा क्रान्तिका क्रममा भएका घटनालाई व्यक्तिको नाममा अलग गरेर हेर्ने र अपराधीकरण गर्ने विषय नै गलत भएको उल्लेख गरिएको छ। 

विज्ञप्तिमा भनिएको छ, “ढुंगेलको गिरफ्तारीले जनयुद्धलाई साथ दिने र आन्दोलनमा विशेष साथ दिनेलाई स्तब्ध पारेको छ।” 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell