PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

च्याम्पियन्स लिग : बार्सिलोना बराबरीमा रोकियो



पहिलोपोस्ट

च्याम्पियन्स लिग : बार्सिलोना बराबरीमा रोकियो

च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको समूह डी का दुवै खेल बराबरीमा रोकिएका छन्। स्पानिस क्लब बार्सिलोना ग्रीक क्लब ओलम्पियाकोससँग गोलरहित बराबरीमा रोकियो भने इटालियन क्लब युभेन्ट्स पोर्चुगिज क्लब स्पोर्टिङसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

बराबरीमा रोकिएपछि बार्सिलोनाले दुई खेल खगावै नकआउट चरणमा स्थान बनाउने मौका गुमाएको छ।

यता पहिलो हाफमा १ गोलले पछि परेको युभेन्ट्सका लागि गोन्जालो हिग्वेनले दोस्रो हाफमा बराबरी गोल फर्काए।

ब्रुनो सेजारले गोल गर्दै स्पोर्टिङलाई पहिले अग्रता दिलाएका थिए।

दुवै खेल बराबरी पछि ४ खेलबाट १० अंक जोडेको बार्सिलोना समूह डी को शीर्ष स्थानमा छ। यस्तै ७ अंक जोडेको युभेन्टस दोस्रो तथा स्पोर्टिङ ४ अंकका साथ तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell