PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

च्याम्पियन्स लिग : म्यानचेष्टर युनाइटेडको चौथो जित, नकआउट पुग्न अझै १ अंक आवश्यक



पहिलोपोस्ट

च्याम्पियन्स लिग : म्यानचेष्टर युनाइटेडको चौथो जित, नकआउट पुग्न अझै १ अंक आवश्यक

लगातार चौथो जित हात पारेका इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगमा नकआउट पुग्न अझै १ अंक जोड्नु पर्ने भएको छ।

गएराति भएको खेलमा वेनफिकालाई २-० ले पराजित गर्दै ४ खेलबाट १२ अंक जोडेको युनाइटेड समूह ए को शीर्ष स्थानमा छ। तर अर्को खेलमा सिएसकेए मस्कोले बासेलले २-१ ले हराएपछि युनाइटेडले कुर्नुपर्ने भएको हो। बाँकी दुई खेलबाट १ अंक जोडे पनि युनाइटेड प्रिक्वाटरमा पुग्नेछ।

युनाईटेडलाई जित दिलाउन डाले ब्लाइण्डले एक गोल गरे भने वेनफिकाका गोलरक्षक मिल स्लिभरले आत्मघाती गोल उपहार दिए।

युनाइटेड गत सिजन युरोपा लिग जित्दै च्याम्पियन्स लिगमा छनोट भएको थियो।

बासेललाई हराएपछि मस्कोले पनि ४ खेलबाट ६ अंक जोडेको छ। हारपछि पनि ६ अंकरहेको बासेलको गोल अन्तरमा अगाडि रहदै दोस्रो स्थानमा छ। लगातार चौथो हारपछि वेनफिका अंकविहिन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell