PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

प्रदेश नम्बर ६: वाम र लोकतान्त्रिक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा, कुन जिल्लामा को बलियो?



पहिलोपोस्ट

प्रदेश नम्बर ६: वाम र लोकतान्त्रिक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा, कुन जिल्लामा को बलियो?

काठमाडौँ : प्रदेश नम्बर ६ का दश जिल्लामध्ये सात जिल्लामा पहिलो चरणमा निर्वाचन हुँदैछ। स्थानीय तह निर्वाचनमा मिश्रित परिणाम पाएका प्रमुख दलहरु गठबन्धन अभ्यासबाट बढी क्षेत्र आफ्नो पकडमा पार्ने प्रयासमा छन्। संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि यो क्षेत्रमा मिश्रित परिणाम नै दलहरुले पाएका थिए।

मंसिर १० गते प्रदेश ६ का डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा निर्वाचन हुँदैछ। रुकुम पश्चिम सबैभन्दा कान्छो जिल्ला हो। अन्य ६ जिल्लामा यसअघि ०७० मा आठ निर्वाचन क्षेत्र थिए। जसमा कांग्रेस र माओवादीले तीन/तीन तथा एमाले दुई स्थानमा विजयी भएको थियो।

स्थानीय तह निर्वाचनको वडागत मतपरिणामको नतिजा अनुसार रुकुम पश्चिमसहित माओवादी केन्द्र चार जिल्लामा अघि छ। अन्य तीनमध्ये दुईमा एमाले र एकमा कांग्रेस अघि छ।

 

स्थानीय तहको वडागत मत

डोल्पा

संविधानसभा सदस्य निर्वाचन २०७० मा डोल्पामा एमाले विजयी भएको थियो। स्थानीय तहको वडागत मतमा पनि एमाले नै अन्य दलभन्दा दोब्बर मतले अघि छ।

कांग्रेस          तीन हजार १९५

एमाले           पाँच हजार ९७०

माओवादी     दुई हजार ३२६

स्वतन्त्र         ८६०


जुम्ला

संविधानसभा सदस्य निर्वाचनमा जुम्लामा कांग्रेस विजयी भएको थियो। तर। स्थानीय तह निर्वाचनको मतपरिणाममा भने माओवादी केन्द्र अघि छ।

कांग्रेस         १२ हजार १२७

एमाले          ११ हजार ७४५

माओवादी     १३ हजार ९५२

नेमकिपा      दुई हजार १९


कालिकोट

कालिकोटमा संविधानसभा सदस्य निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो। स्थानीय तह मतपरिणाममा पनि माओवादी निकटतम प्रतिस्पर्धी एमालेभन्दा दुई हजार मतले अघि छ।

कांग्रेस         १२ हजार २७४

एमाले          १३ हजार २३१

माओवादी     १५ हजार ११६

राप्रपा          ९७३

नयाँ शक्ति   ९५६


मुगु

संविधानसभा निर्वाचनमा एमाले विजयी भएको मुगुमा स्थानीय तह निर्वाचनमा वडागत मतमा कांग्रेस २७ मतले अघि छ।

कांग्रेस          आठ हजार ६०६

एमाले           आठ हजार ५७९

माओवादी     तीन हजार ३८२


हुम्ला

संविधानसभा सदस्य निर्वाचनमा कांग्रेस विजयी भएको हुम्लामा स्थानीय तहमा वडागत मतमा माओवादी अघि छ।

कांग्रेस          ६ हजार ८६८

एमाले           तीन हजार ५७९

माओवादी     आठ हजार १०७

नयाँ शक्ति     ५०९


जाजरकोट

संविधानसभा सदस्य निर्वाचन २०७० मा जाजरकोटका दुई क्षेत्रमध्ये कांग्रेस र एमाले एक/एक क्षेत्रमा विजयी भएका थिए। तर, स्थानीय तहको वडागत मत परिणाममा समग्र जिल्लामा एमाले ११ सय मतले अघि छ।

कांग्रेस           १९ हजार ४३९

एमाले            २० हजार ६००

माओवादी      १७ हजार ४६१


रुकुम पश्चिम

रुकुम पश्चिम सबैभन्दा कान्छो जिल्ला हो। संघीय संरचनामा प्रदेश विभाजनका क्रममा रुकुम जिल्लालाई रुकुम पूर्व र रुकुम पश्चिममा विभाजन गरिएको छ। रुकुम माओवादीको पकड क्षेत्र हो । स्थानीय तहमा रुकुम पश्चिममा माओवादी नै भारी मतले अघि छ।

कांग्रेस         १९ हजार ६७

एमाले         आठ हजार ४०४

माओवादी    २७ हजार ४३१



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell