PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

केन्द्र सरकारले बर्खास्त गरेपछि क्याटलोनियाली नेता पुज्डमोन बेल्जियममा



पहिलोपोस्ट

केन्द्र सरकारले बर्खास्त गरेपछि क्याटलोनियाली नेता पुज्डमोन बेल्जियममा
फोटो श्रोतः metro.co.uk

ब्रसेल्स :  स्पेनको केन्द्र सरकारले बर्खास्त गरेको क्याटलोनियाका क्षेत्रीय नेता कारलस पुज्डमोन बेल्जियम पुगेका उनका वकीलले जानकारी गराएका छन्। 

तर उनले पुज्डमोन बेल्जियमको राजधानी ब्रसेल्समा भने नरहेका बताए। यसैबीच, आप्रवासनसम्बन्धी बेल्जियमका मन्त्रीले पुज्डमोनसहित कुनैपनि क्याटलान नेताले बेल्जियममा शरण लिनसक्ने बताएका छन्।

तर उनीहरू सबैलाई एक यूरोपेली नागरिकको नाताले दिइने सामान्य सेवा सुविधामात्र दिइने ब्रसेल्सले बताएको छ। यद्यपि पुज्डमोनले तत्काल राजनीतिक शरण लिनेबारे केही योजना नभएको उनका वकिलले बताएका छन्। 

पुज्डमोनले आप्रवासन मामिलाबारे जानकार एकजना वकिल पनि नियुक्त गरेका छन्। पुज्डमोनका वकिलले भने, ‘आवश्यक परेको खण्डमा मैले उनको वकिलका रुपमा काम गर्नेछु, अहिले उनका लागि मैले कुनै कागजात तयार पारिरहेको छैन।’ रासस/एपी/एएफ्पी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell