PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

यस्तो घडी : जसले हर्टअट्याकबाट जोगाउँछ



पहिलोपोस्ट

यस्तो घडी : जसले हर्टअट्याकबाट जोगाउँछ

काठमाडौं : विश्वमा सबैभन्दा महङ्गो ब्राण्ड कम्पनी हो एप्पल। यस ब्राण्डलार्इ आइफोन नामले विश्वभर चिनिन्छ। पछिल्लो समयमा यसै ब्राण्डले हर्टअट्याक चेक गर्ने घडी निर्माण गरेको कम्पनीका सिइओ टिम कुकले जानकारी दिए।

कम्पनीका घडी निर्माता जेम्स टी ग्रीनले मुटुको गति उच्च वा सामान्य बारेमा घडीले देखाउने डेली टेलिग्राफमार्फ जानकारी दिए। यो खोज २८ वर्षको अनुसन्धानपछि पत्ता लागेको हो।

ग्रीनले आफू अस्पताल जाँदा डक्टरका गतिविधिबाट हर्टअट्याक चेक गर्ने घडी बनाउन प्रेरित गरेको बताएका छन्। पछिल्लो समयमा यस प्रकारका गडीले मुटुसम्बन्धी रोगलाई न्युनिकरण गर्न सहयोग पुर्‍याउने पनि उनले बताए। मुटुका बिरामीले यस घडीलार्इ प्रयोग गरी आफ्नो मुटुको चालका बारेमा जानकारी लिन सक्दछन्।

पछिल्लो समयमा प्रविधिले मानव जीवनलार्इ हस्तक्षेप गरेको क्षण छ, तर यी प्रविधिले स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग पुर्‍याएको छ। अहिले मानव जीवनमा स्मार्टफोन, घडी जस्ता प्रविधिले स्वास्थ्यका विषयमा पनि सहज बनाएको छ।

सामान्य मानिसको मुटुको गति ७० देखि बढीमा १९० सम्म हुनुपर्ने आवर लेडी अफ लोर्डस मेडिकल सेन्टरका डाक्टर अल्फ्रेड सच्चेट्टीले बताए।

 

 

    

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell