PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

राष्ट्रपति मुनले भने–दक्षिण कोरियाले कहिल्यै आणविक अश्त्र बनाउँदैन 



पहिलोपोस्ट

राष्ट्रपति मुनले भने–दक्षिण कोरियाले कहिल्यै आणविक अश्त्र बनाउँदैन 
फोटो श्रोतः timesofisrael.com

सोल :  दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउने बताएका छन्। 

दक्षिण कोरियाली संसदलाई बुधबार सम्वोधन गर्दै राष्ट्रपति इनले दक्षिण कोरियाले अरु कुनै देशसँग आणविक हतियारको होड नगर्ने र यस्तो अश्त्र पनि नबनाउने बताए। 

उनले दक्षिण कोरियाली सरकारको अहिलेको उद्देश्य र सिद्धान्त भनेको निशस्त्रीकरण रहेकोले यसका माध्यमबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुने अपेक्षा गरिएको पनि सम्वोधनका क्रममा बताएका थिए। 

उनले आफ्नो सरकारले विशेषगरी कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कार्यलाई पहिलो प्राथमिकतामा राखेको भन्दै यसका माध्यमबाट समग्र एसिया तथा क्षेत्रीय रुपमा शान्तिका लागि सहयोग पुग्ने पनि बताए। 

इनको संसदको यो सम्वोधन राष्ट्रपति भएपछिको दोस्रो सम्वोधन हो। उनले आफ्नो सम्वोधनका क्रममा निशस्त्रीकरणलाई नै बढी जोड दिएका थिए। 

उनले उत्तर कोरियाको समस्या पनि शान्तिपूर्ण रुपमा समाधान गर्नुपर्नेमा जोड दिए। हाल उत्तर कोरियाकाविरुद्धमा लगाइएको नाकाबन्दी भनेको उसलाई शान्तिपूर्ण रुपमा समाधानका लागि वार्तामा आउन दिइएको अवसर भएको उनले बताए।रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell