PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

प्रधानमन्त्री पत्नी आरजुको आग्रह : व्यक्ति र पार्टीभन्दा विचारलाई मत दिनुस्



पहिलोपोस्ट

प्रधानमन्त्री पत्नी आरजुको आग्रह : व्यक्ति र पार्टीभन्दा विचारलाई मत दिनुस्

कैलाली : नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले नेपालको राजनीति धुव्रिकरणतर्फ गइरहेका बेला लोकतन्त्रलाई बलियो बनाउनु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएकी छन्। 

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा राणाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गराउन नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन्। 

उनले भनिन्,‘ लोकतान्त्रिक रुपमा चुनियर आएका नेता कस्तो किसिमका छन्, उनीहरुको इतिहास के छ, त्यो कुरालाई विचार गरेर मात्र भोट हाल्नुस्।’

उनले निर्वाचनमा व्यक्ति, पार्टीभन्दा पनि विचारलाई चयन नगरी मतदान गरिए आउँदो २० वर्षसम्म पनि नेपालमा चुनाव हुन नसक्ने दावी गरिन्।राणा नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell