
काठमाण्डौ : 'इकु' नामले चर्चित सुलेमान शंकरको प्रस्तुतिमा बनेको नेपाली चलचित्र 'फिर्के'को पोस्टर सार्वजनिक भएको छ। पुस १४ गतेलाई रिलिज मिति तोक्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो।
फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
फिल्मलाई २७ वर्ष कला क्षेत्रमा रहेर काम गरेका रवि डंगोलले निर्देशन गरेका छन्।
यसअघि 'इकु' र 'इकु २' फिल्मका निर्माता रहेका कलाकार सुलेमान शंकरले 'फिर्के'मा इकुभन्दा फरक भूमिकामा अभिनय गरेका छन्। यस फिल्मका निर्माता ओमलाल गुरुङ र राजेश श्रेष्ठ हुन् भने अभिमन्यू निरबीको लेखन रहेको छ।
विश्व नेपाली र सुवास भुषालको संगीत रहेको यस चलचित्रमा दुई गीत रहेका छन्। यसै साता एक गीत सार्वजनिक गरिने पनि निर्माण पक्षले बताएको छ।
अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको 'फिर्के'मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ।