
अफ्रिकन च्याम्पियनस लिग फायनलिस्ट इजिप्टको अल अहली क्लबले मंगलबार नियमित ट्रेनिङ गर्न पाएनन्। कारण मैदान नभएर होइन। ट्रेनिङ सेसनको समयमा फ्यानहरु सबै ट्रेनिङ मैदानमा उत्रिउपछि अल अहलीका खेलाडीले ट्रेनिङ गर्न नपाएका हुन्।
अल इजिप्टको राजधानी कायरोस्थित ट्रेनिङ मैदानमा फ्यानहरुको उल्लेख्य सहभागिता रहेको थियो। जुन फोटो अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
अफ्रिकन च्याम्पियन्स लसग फाइनल अन्तर्गत दोस्रो लेगको खेल शनिबार हुँदैछ। जसमा अल अहलीले मोरोक्कोको वाएड्याड कासाब्लाङ्कासंग खेल्नेछ।
घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा अल अहलीले कासाब्लाङ्कासंग १-१ को बराबरी खेलेको थियो। इजिप्टको अल अहली कीर्तिमानी नवौँ पटक अफ्रिकन च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा छ।