PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

क्यानको ३७ जिल्लामा चुनिए नेतृत्व, ललितपुर र भक्तपुरमा विवाद



पहिलोपोस्ट

क्यानको ३७ जिल्लामा चुनिए नेतृत्व, ललितपुर र भक्तपुरमा विवाद

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको संशोधित विधान अनुसार ३७ जिल्ला तहको निर्वाचनको भएको छ। क्यानमा आबद्द रहेका कूल ३९ मध्ये ३७ जिल्लाको नेतृत्व चुनिसकेका छन्।

तर विवादका कारण उत्यकाका दुई जिल्ला ललितपुर र भक्तपुर क्यानले भने नेतृत्व पाउन सकेका छैनन्।

क्यानमा महासचवि अशोक नाथ प्याकुरेलले ३७ जिल्लाको निर्वाचन भइसकेको तर दुई जिल्लामा अभिवेशन नभएको खबर प्राप्त गरेको पहिलोपोस्टलाई जानकारी दिए। उनका अनुसार निर्वाचन भइसकेका जिल्लाको पनि पत्र प्रात हुने क्रममा रहेको बताए।

क्यानको संशोधित विधान अनुसार जिल्ला क्रिकेट संघको निर्वाचन कात्तिक ८ भित्र गरिरसक्नुपर्ने व्यवस्था थियो। तर उक्त म्याद सकिसक्दा दुई जिल्लामा भने विवाद रहेको छ।

महासचिव प्याकुरेलले विधान अनुसार जिल्ला संघले निर्वाचन नगराए कारवाही गर्न सकिने बताए।

संशोधित विधान अनुसार जिल्ला तहमा १५ सदस्यीय कार्यसमित बन्नेछ। त्यसबाट प्रत्येक जिल्लाको ४-४ जना प्रतिनिधि प्रवेश क्रिकेट संघका लागि छनोट हुनेछन्।

जिल्ला संघको विर्वाचन गराएको ३० दिन पछि प्रदेशको निर्वाचन गराउनु पर्ने हुन्छ। जसअनुसार मंसिर ८ मा प्रदेश संघको निर्वाचन हुने प्याकुरेलले बताए। प्रदेश संघ १३ सदस्यीय हुनेछ।

यस्तै प्रदेशको निर्वाचन भएको एक महिना पछि नै केन्द्रको निर्वाचन हुने प्रावधान छ। तोकिएको समयमै सबै प्रक्रियाहरु अगाडी बढे पुस ९ गते क्यान केन्द्रिय समितिको निर्वाचन हुनेछ। केन्द्रिय समिति १७ सदस्यीय हुनेछ।

केन्द्रिय समितिका लागि क्यानमा आबद्द प्रत्येक जिल्ला संघबाट १ तथा प्रदेश संघको दुई जिल्ला बराबर १ जना प्रतिनिधि केन्द्रिय समितिको निर्वाचनका लागि प्रतिनिधिको रुपमा छनोट हुने प्याकुरेलले बताए।

संशोधित विभान अनुसार हाल केन्द्रिय समितिमा रहेका १७ जनाले केन्द्रको निर्वाचनमा भोट हाल्न पाउनेछैनन् तर निर्वाचनमा उम्मेदवार दिन पाउने व्यवस्था भने छ।

क्यानको गत भदौमा भएको साधारण सभाले संशोधित विधान पारित गरेको थियो।

क्यानको आन्तरिक विवाद र सरकारी हस्तक्षेप बढेको भन्दै २०७३ बैशालमा आइसीसीले क्यानलाई निलम्वन गरेको थियो। त्यसयता विवाद समाधानका लागि आइसीसीले नेपालमै आएर सल्लाहकार समिति समेत गठन गर्‍यो।

शुरुमा क्यानका पदाधिकारि संलग्न नरहेपनि पछि क्यानका अध्यक्ष चतु बहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल समेत उक्त समितिमा सामेल भए। त्यही सल्लाहकर समितिले बनाएको विधानलाई क्यानको एजिएमले संशोधनसहित पारित गरेको थियो। र अहिले उक्त संशोधित विधान अनुसार नै जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन प्रकिया अगाडी बढिरहेको हो।

 

३७ जिल्लाका निर्वाचित क्यान अध्यक्ष?

झापा : लाक्पा लामा

इलाम :  मानबहादुर राई

मोरङ : सुनिलकुमार पौडेल

सुनसरी : चेतनाथ पौडेल

उदयपुर : शम्भुप्रसाद शर्मा

धनुषा : हीरा भगत

सप्तरी : शैलेशकुमार चौधरी

सिराहा : सुनिलकुमार महासेठ

सर्लाही : माधव कर्माचार्य

महोत्तरी : रोशन सिंह

रौतहट :  पवन साह

बारा : प्रभात चौरसिया

पर्सा : मोहम्मद दाउद अन्सारी

काठमाडौं : दिवाकर घले

नुवाकोट : दुर्गाराज पाठक

चितवन : कैलाश प्रधान

मकवानपुर : संजोग पोखरेल

 

भक्तपुर : निर्वाचन नभएको

ललितपुर : निर्वाचन नभएको

 

नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) : प्रकाश पौडेल

स्याङ्जा : दिपानु पोखरेल

कास्की : सञ्जयकान्त सिग्देल

तनहुँ : ताराराम श्रेष्ठ

नवलपरासी  (बर्दघाट-सुस्ता पश्चिम) : कृष्णप्रसाद श्रेष्ठ

पाल्पा : राजेश श्रेष्ठ

कपिलवस्तु : प्रकाश गैरे

दाङ : प्रदीप मजगैयाँ

रुपन्देही : प्रशान्तविक्रम मल्ल

बाँके : दुर्गा थापा सेन

बर्दिया : विनयराज भण्डारी

सुर्खेत : श्रीधर केसी

कैलाली : रतनबहादुर कठायत

कञ्चनपुर : वीरेन्द्र चन्द

डडेलधुरा : हरिप्रसाद उप्रेती

बाजुरा :  दिलबहादुर कुँवर

बझाङ : प्रविन्द्रबहादुर धामी

दार्चुला : देवेन्द्र भट्ट

बैतडी : लालबहादुर चन्द

डोटी : दिनेश सिंह

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell