PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

सडक बालबालिका भारतमा विक्री गर्ने गिरोह पक्राउ



पहिलोपोस्ट

सडक बालबालिका भारतमा विक्री गर्ने गिरोह पक्राउ

विराटनगर : नेपालका सडक बालबालिकालाई फकाएर भारत पुर्‍यार्इ श्रमका लागि विक्री गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

सीमावर्ती भारतीय बजार जोगबनी रेल वे स्टेसनबाट १४ वर्षका तीन बालक लैजादै गर्दा मोरङ प्रहरीले दुर्इ नेपाली र एक भारतीयलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङको मोतीपुर घर भई सुनसरीको इटहरी बस्ने ३८ वर्षीय राजु भण्डारी, इटहरीकै २८ वर्षीय सुरज ऋषिदेव र भारतको मुरदवा जिल्लाका ३१ वर्षीय मञ्जित सिंह छन्।

उनीहरुलाई मानव बेचबिखन ऐनअनुसार मुद्दा चलाउन म्याद थपिएको छ।

मोरङ प्रहरीका एसपी अरुणकुमार बिसीका अनुसार यो गिरोहले लामो समयदेखि पूर्वाञ्चलका विभिन्न स्थानबाट सडक बालबालिका भारत पुर्‍याउँदै आएको पत्ता लागेको छ।

अहिलेसम्म दशभन्दा बढी बालबालिका यही गिरोहले भारत पुर्‍याएको र अरु गिरोह पनि पूर्वमा क्रियाशील रहेको सूचना प्राप्त भएको एसपी बिसीले जानकारी दिए।

नेपालबाट बालबालिका भारत पुर्‍याउनेलाई जोगबनी स्टेसनमा पुग्ने बित्तिकै एक बालकबराबर पन्ध्र सय र काममा लगाउन थालेपछि करिब सात हजार दिने गरेको अभियुक्तले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell