PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

'मिस युनिभर्स'मा नग्मा श्रेष्ठले लगाउने राष्ट्रिय साथै अन्य पोशाकहरु प्रदर्शन



पहिलोपोस्ट

'मिस युनिभर्स'मा नग्मा श्रेष्ठले लगाउने राष्ट्रिय साथै अन्य पोशाकहरु प्रदर्शन

काठमाडौं: 'मिस युनिभर्स' सौन्दर्य प्रतियोगितामा नेपालले पहिलोपटक सहभागीता जनाउँदै छ। व्यक्तिगत पहल र हिडन ट्रिजरको व्यवस्थापनमा 'मिस अर्थ नेपाल २०१२' का नग्मा श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन्।

लस भेगसमा हुने मिस युनिभर्स प्रतियोगितामा नग्माले लगाउने डिजाइनहरु बुधबार कार्यक्रम आयोजना गरी प्रदर्शन गरियो। कार्यक्रममा उनले मिसु श्रेष्ठ, बीना घले र आस्तिक शेरचनले डिजाइन गरेको लुगा साथै विजय महर्जन र बीना घलेले संयुक्त रुपमा डिजाइन गरेको राष्ट्रिय पोशाक पनि देखाइएको हो।



मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले राष्ट्रिय पोशाकमा 'मण्डला'को ताज सहित धार्मिक महत्व दर्शाउने (ग्रिन तारा) को पोशाक प्रस्तुत गर्नेछिन्। मण्डलासँग नग्माले लगाउने लुगा भने बीना घलेले डिजाइन गरेकी हुन्।

कार्यक्रममा बोल्दै नग्माले भनिन्,'वर्षौंको सपना पुरा भएको छ। मिहेनत गर्न नछोड्नु तपाईंको पनि सपना पुरा हुनेछ। अहिलेलाई मलाई साथ र सहयोग दिनुस्।'



नग्माले मिसु श्रेष्ठ, विजय महर्जन, बीना घले, आस्तिक शेरचनकोसँगै सिवाङ्गी प्रधान, सुबेक्षा बदेल, अन्ति गुरुङको डिजाइन पनि प्रस्तुत गर्नेछिन्।

यो वर्ष मिस युनिभर्समा नग्मा श्रेष्ठ सहित पाँच अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालले प्रतिनिधित्व गर्दैछ। मिस वर्ल्डका लागि नीकिता चाण्डक, मिस अर्थका लागि रोजिना श्रेष्ठ र मिस इन्टरनेशनलका लागि नीती शाहले नेपालबाट प्रस्थान गरिसकेका छन् भने मिस युनिभर्सको लागि नग्मा र मिस एसिया पेसिफिकका लागि साहरा बस्नेत तयारीमा छन्। 











 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell