PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

'मिस युनिभर्स नेपाल'को शिरमा ३ किलोको ताज



पहिलोपोस्ट

'मिस युनिभर्स नेपाल'को शिरमा ३ किलोको ताज

काठमाडौं: मिस नेपालको आयोजक द हिडेन ट्रेजरले आफ्नो २२ औं तथा मिस नेपालको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठलाई पहिलो मिस नेपाल युनिभर्स घोषणा गर्‍यो।

सन् २०१२ की मिस अर्थ नग्मालाई द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले ताज पहिराएर ५ वर्षपछि मिस युनिभर्स नेपाल घोषणा गर्नुको कारण बेग्लै थियो। नग्माको व्यक्तिगत प्रयासले नेपालमा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको फ्रेन्चाइज भित्रिएको हो। जुन सन् २०१२ देखि निरन्तर लेखिएको एकोहोरो मेल र सन् २०१६ मा मिस युनिभर्सकै हेड अफिसमा पुगेर गरिएको भेटको फल हो। 'मैले नेपाल पनि सहभागी हुन चाहन्छ भन्ने सन्देशसहितको मेल कति लेखें, मलाई नै याद छैन। तर रिप्लाई कहिल्यै पनि आएन', उनले पहिलोपोस्टसँगको कुराकानीमा भनेकी थिइन्। सन् २०१६ मा मिस युनिभर्सको हेड अफिसमै पुगेर आफू सहभागी हुन चाहेको सुनाएपछि उनको प्रस्ताव सम्बोधन भयो। अन्तत नग्माले मिस युनिभर्स नेपालको पहिलो ताज पहिरिइन्।



अमेरिकाको लस भेगासमा आउदो नोभेम्बर २६ मा हुने मिस युनिभर्सको ६६ औं संस्करणम नग्माले नेपाल प्रतिनिधित्व गर्ने छिन्। उनले कुनै उपाधी वा ताज पहिरिन्छिन् वा पहिरिदिनन् थाहा छैन। तर उनले त्यहाँ हुने राष्ट्रिय पोशाक प्रतियोगितामा भने ३ किलोको ताज शिरमा लाउने भएकी छिन्।

विजय महर्जनले डिजाइन गरेको धार्मिक महत्व बोक्ने 'मण्डला' उनले प्रस्तुत गर्ने भएकी हुन्। मण्डलाको महत्व बारे डिजाइनर विजय महर्जन भन्छन्,'राष्ट्रिय भन्ने बित्तिकै सगरमाथा, गौतम बुद्ध, लालीगुँरास प्रस्तुत गर्नु पर्छ जस्तो लाग्दैन। त्यसैले नपालमा रहेको मन्दिरहरु र तान्त्रिक शक्तिको महत्व झल्काउने मणडला तयार गरेको हुँ।'

मण्डलासँगै नग्माले लगाउने लुगालाई भने बीना घलेले डिजाइन गरेकी हुन्। जुन लुगाले ग्रिन तारा (भृकुटी)को पहिचान झल्काउँछ। उनले कस्ट्युमको लागि धेरै अध्ययन र अनुसन्धान गरेको बताइन्। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell