.jpg)
काठमाडौं : थ्री स्टार एकेडेमी र ग्यासियर कलेज प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ बुधवार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरमा भएको प्रिक्वाटरफाइनल खेलमा बुढानिलकण्ठको थ्री स्टारले झापा विद्यालय भलिबल कमिसनलाई २५-२१,२५-१५ को सोझो सेटमा हरायो। त्यस्तै कोटेश्वरको ग्लासियर कलेजले धादिङको एड्भान्स एकेडेमीलाई २५–१०, ३१–२९ को सेटमा हराउँदै अन्तिम आठको यात्रा सुनिश्चित गर्यो।
पुरुषतर्फ नै नुवाकोटको बुङताङ भलिबल टिम र सेक्रेडहार्ट पनि जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
बुङताङले धनुषाको बिनायक स्कुललाई २५–९, २५–१५ को सोझो सेटमा हराउँदा सेक्रेडहार्टले मोरङ विद्यालय भलिबल कमिसनलाई २५–१५, २५–१६ ले पराजित गर्यो।
अब क्वाटरफाइनल खेलमा सेक्रेडहार्टले थ्रि स्टारको सामना गर्ने छ भने बुङताङले ग्लासियरसंग खेल्नेछ।
न्यूडायमण्ड क्वारफाइनलमा
महिलातर्फ नैकापको शिवम् न्यूडायमण्ड एकेडेमी र चितवनको मेर्धाली स्पोर्टस् एण्ड एजुकेशन क्लबले क्वाटरफाइनलमा भेट पक्का गरेका छन्।
न्यूडायमण्डले प्रिक्वाटरफाइनलमा थ्री स्टार एकेडेमीलाई २–० को सोझो सेटमा हरायो। न्यू डायमण्डले थ्री स्टार माथी २५–४, २५–८ को सहज जित निकालेको थियो।
यता मेधौली स्पोर्टसले वाक ओभर पाएपछि क्वाटरफाइनलमा प्रवेश पाएको हो।
महिलातर्फकै अर्को प्रि–क्वाटरफाइनल खेलमा प्यारामाउण्टले परोपकार आदर्श माबिलाई २–१ को सेटमा हरायो।
पहिलो सेट १७–२५ ले गुमाएको प्यारामाउण्टले प्नरागमन गर्दै दोश्रो र तेश्रो सेट क्रमशः २५–१७ र २६–२४ ले आफ्नो पक्षमा पारेको हो। प्यारामाउण्टले क्वाटर फाईनलमा भक्तपुरको स्प्रिङडेलसग प्रतिस्पर्धा गर्नेछ।