
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै आतङ्कवादी क्रियाकलापलाई परास्त गर्ने प्रतिबद्धता जनाएको छन्।
अमेरिकाको म्यानहटनमा मङ्गलबार भएको आतङ्ककारी हमलापछि दिएको प्रतिक्रियामा उनले सो कुराको प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।
संयुक्त राज्य अमेरिकाको स्थानीय समयानुसार मङ्गलबार दिउँसो लोअर म्यानह्याटनको सडकमा एक जनाले फुटपाथ र साइकल लेनमा ट्रक कुदाएर कम्तीमा आठ जनाको ज्यान लिएको थियो।
न्यूयोर्कको म्यानह्याटनमा गराइएको यस ट्रक आक्रमणलाई अमेरिकी अधिकारीहरुले आतङ्कवादी कार्य हो भनेका छन्।
न्यूयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा ओसामा बिन लादेनको नेतृत्वको आतङ्ककारी संगठनबाट भएको हमलापछि आतङ्ककवादसँग सम्बन्धित घटनामा मान्छेले ज्यान गुमाएको यो पहिलो पटक घटना हो।
न्यूयोर्कको प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। उक्त घटनामा ११ जना गम्भीर घाइते भएका छन्। सो आतङ्ककारीलाई पछि प्रहरीले गोली हानी पक्राउ गरेको अधिकारीहरुले बताए।
उक्त आक्रमणपछि राष्ट्रपति ट्रम्पले आइएसलाई अब टाउको उठाउन नदिने र मध्यपूर्वबाटै उक्त आतङ्ककारी संगठन आइएसको अस्तित्व मेट्ने आफ्नो ट्वीटर अकाउन्टमा जनाएको छ। रासस/सिन्ह्वा